Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

प्याब्सन अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन क्यानाडामा हुँदै

प्याब्सन अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन क्यानाडामा हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । क्यानाडामा अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन आगामी जेठ १० गतेदेखि आयोजना हुने भएको छ । ग्लोबल हेल्प फाउन्डेसनको आयोजना तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को संयोजनमा आगामी ०८३ जेठ १० गतेदेखि १९ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सम्मेलनमा प्रधानाध्यापक, सदस्य र व्यवस्थापन तहका शिक्षकहरूले सहभागी भई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर पाउने प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले क्यानाडाका विद्यालयहरूको भ्रमण गरी आधुनिक शिक्षण प्रणाली, प्रविधिको प्रयोग र प्रभावकारी कक्षा सञ्चालनबारे प्रत्यक्ष अवलोकन गर्नेछन्। यसले नेपाली शिक्षकहरूको पेशागत क्षमता बढाउने र शिक्षाको गुणस्तर सुधार्न योगदान पुग्ने प्याब्सनले विश्वास गरेको छ।

सम्मेलनमा मुख्य सत्र, कार्यशाला र प्यानल छलफल आयोजना हुनेछन्। सहभागीहरूले आधुनिक शिक्षा पद्धति, प्रविधिको समावेशीकरण र कक्षा सञ्चालनबारे विस्तृत प्रशिक्षण पाउनेछन्। साथै, क्यानाडाका शिक्षकहरूसँग विचार साटासाट गर्ने अवसरले अन्तर्राष्ट्रिय समझदारी र नेटवर्किङमा पनि सहयोग पुग्ने प्याब्सनका महासचिव कटवालले बताए।

प्याब्सनले यस सम्मेलनलाई नेपाली शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसरको रूपमा प्रस्तुत गरेको कटवालको भनाइ छ। सहभागीहरूले व्यावहारिक शिक्षण रणनीति सिक्ने, नेतृत्व क्षमता विकास गर्ने र अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने अवसर पाउने अपेक्षा प्याब्सनको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit