Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

गण्डकी प्रदेशको बजेट नौ महिनामा ३५ प्रतिशत खर्च

गण्डकी प्रदेशको बजेट नौ महिनामा ३५ प्रतिशत खर्च
विज्ञापन
Advertisement

कास्की । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१\ ८२ को नौ महिनामा ३५ दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा प्रदेशले चैत मसान्तसम्म रु एघार अर्ब ७० करोड ६३ लाख ८१ हजार आठ सय १९ रुपैयाँ खर्च गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारले यस आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट विनियोजन गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकी प्रदेशका अनुसार चालु वर्षमा गत वर्षभन्दा चार दशमलव २१ प्रतिशत बढी बजेट खर्च भएको छ । गत आर्थिक वर्ष २०८० \८१ मा यही अवधिमा ३१ दशमलव २८ प्रतिशत बजेट खर्च भएको थियो ।

यो वर्षको नौ महिनामा पुँजीगत बजेटतर्फ ३४ दशमलव ८१ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकीका प्रदेश लेखा नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए। चालुतर्फ ३७ दशमलव ३२ प्रतिशत खर्च भइसकेको उनले बताए ।

गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ वटा मन्त्रालय छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि एक अर्ब दुई करोड विनियोजन गरिएको छ । जसमा २८ करोड १२ लाख मात्र खर्च गरेको छ  । यो २७ दशमवल ४१ प्रतिशत हो । आर्थिक मामिला मन्त्रालयले चैत मसान्तसम्म २४ दशमलव ३३ प्रतिशत खर्च गरेको छ  । यस मन्त्रालयको बजेट १७ करोड १४ लाख रुपैयाँ बजेट रहेको छ ।

उद्योग तथा पर्यटन मन्त्रालयले अहिलेसम्म १९ दशमलव चार प्रतिशत खर्च गर्न सकेको छ । मन्त्रालयको बजेट ६५ करोड १० लाख ८४ हजार छ । वन तथा वातावरण मन्त्रालयको खर्च अन्य मन्त्रालयको तुलनामा राम्रो देखिएको छ । रु ९३ करोड ६६ लाख बजेटमध्ये मन्त्रालयले ४३ करोड ३८ लाख खर्च गरेको छ । जुन ४६ दशमलव तीन प्रतिशत हो । बजेट आएपछि उद्योग मन्त्रालयबाट वन मन्त्रालय छुट्याइएको थियो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि यसवर्ष दुई अर्ब नौ करोड बजेट छ । चैत मसान्त सम्ममा मन्त्रालयका लागि छुट्याइएको बजेटको ३२ दशमलव ३४ प्रतिशत अर्थात् ६७ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अहिलेसम्म रु चार अर्ब ६५ करोड १७ लाख २२ हजार खर्च गरेको छ । यस मन्त्रालयका लागि १२ अर्ब ७० करोड १६ लाख ६६ हजार बजेट छुट्याइएको थियो । जसमध्ये ३६ दशमलव ६२ प्रतिशत खर्च भएको हो । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेट चार अर्ब दुई करोडमध्ये एक अर्ब ९२ करोड खर्च भएको छ  । प्रदेश सरकारमा सबैभन्दा बढी ४७ दशमवल नौ प्रतिशत खर्च गर्ने मन्त्रालय ऊर्जा मन्त्रालय बनेको छ  ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले दुई अर्ब ९९ करोड ६२ लाख बजेटमध्ये ३९ प्रतिशत खर्च गरेको छ । प्रदेशको अर्को मन्त्रालय सामाजिक विकास युवा तथा खेलकुदमा यस वर्ष दुई अर्ब ५० करोड बजेट छ । त्यसमध्ये ७९ करोड सात लाख अर्थात् ३१ दशमलव छ प्रतिशत खर्च भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit