Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

आईड्रिम टेक्नोलोजिजलाई विदेशमा शाखा सञ्चालनका लागि इक्विटी लगानी स्वीकृति

आईड्रिम टेक्नोलोजिजलाई विदेशमा शाखा सञ्चालनका लागि इक्विटी लगानी स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रालि लाई विदेशमा शाखा कार्यालय सञ्चालन गर्न आवश्यक रकम इक्विटीको रूपमा पठाउन स्वीकृति दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको विदेशी विनिमय सहजिकरण एकाइले २०८२ असार २९ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको हो ।

पत्रअनुसार कम्प्युटर तथा सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यले नेपालमा दर्ता भई सञ्चालनमा रहेको आईड्रिम टेक्नोलोजिज प्रा। लि। ले अमेरिकाको डेलावेयर राज्यमा स्थापना गरेको शाखा कम्पनी आईड्रिम एलएलसीमा इक्विटी लगानीका रूपमा अमेरिकी डलर पठाउन अनुमति पाएको छ ।

नेपाल राष्ट्र बैंकले आवश्यक कागजातहरू प्राप्त भएपछि विद्यमान नियमावलीअनुसार उक्त रकम विदेश पठाउन सैद्धान्तिक स्वीकृति दिएको जनाएको छ । स्वीकृतिपत्रमा उल्लेख गरिएअनुसार इक्विटी लगानी आईड्रिम एलएलसीको अमेरिकास्थित बैंक खातामा पठाइनेछ ।

राष्ट्र बैंकले लगानीपछि कम्पनीले वार्षिक वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदन तथा नेपाल र सम्बन्धित मुलुकको कानुनअनुसार आवश्यक कागजातहरू समयमै पेश गर्नुपर्ने शर्तसमेत तोकेको छ ।

यस स्वीकृतिसँगै आईड्रिम टेक्नोलोजिज प्रालिको अन्तर्राष्ट्रिय विस्तारको बाटो खुलेको छ भने नेपाली आईटी कम्पनीको विश्वव्यापी बजारमा पहुँच बढ्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit