Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड र नेदरल्यान्ड्स लगायत युरोपेली नेताहरूबाट समर्थन“ प्राप्त गरेको र द्वन्द्वको अन्त्य हेर्न चाहेको बताए । ‘उनीहरू अहिले रूसका राष्ट्रपति पुटिनसँग धेरै कुराकानी गरेर नजिक भएका छन् र मलाई लाग्छ कि हामी पहिले भन्दा अहिले नजिक छौं हामी धेरैको ज्यान बचाउन चाहन्छौँ ’, ट्रम्पले भने।

यसै बिच द्धन्द्धलाई अन्त्य गर्न चाहने युरोपेली नेताहरूबाट पनि ठुलो समर्थन प्राप्त भइरहेको ट्रम्पको भनाइ छ । युक्रेनमा युद्धको समाधानका लागि वार्ता गर्न बर्लिनमा अमेरिका, युरोपेली र नेटो नेताहरूका साथ जेलेन्स्कीबीच घन्टौँ लामो कूटनीतिक छलफलपछि ट्रम्पको टिप्पणी आएको हो।

अल जजिराका अनुसार युरोपेली नेताहरू युक्रेनका लागि कुनै पनि पश्चिमी सुरक्षा ग्यारेन्टीको लागि सहमत भएका छन्। यस अघि युक्रेनी राष्ट्रपतिले पश्चिमाहरुको सुरक्षा ग्यारेन्टि भए युक्रेन आफ्नो नेटो सदस्यताको महत्वाकाक्षां त्याग्न तयार रहेको सङ्केत गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit