Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

कारबाहीमा परेका नेतालाई निर्वाचनमा खटाउन देउवालाई कोइरालाको आग्रह

कारबाहीमा परेका नेतालाई निर्वाचनमा खटाउन देउवालाई कोइरालाको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताएका थिए । उनले नम्बर बिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउनसमेत सभापतिको ध्यानाकर्षण गराएका छन् ।

पार्टीभित्र कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी पार्टीको महाधिवेशन र आम निर्वाचनमा खटाउन कोइरालाले आग्रह गरेको थपलियाले जानकारी दिए । भेटमा कोइरालासँगै पार्टीका नेता एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजाल पनि देउवा निवास पुगेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit