images images images
images images images
images
images
images

ट्रम्पपछि इयुको नयाँ यथार्थ

images

काठमाडौं । सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसायोग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाटै युरोपेली सङ्घ (इयु) को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यहरूमाथि दबाब बढ्दै गएको छ। यही परिवेशमा यस हप्ता हुने इयु शिखर सम्मेलन असाधारण रूपमा महत्त्वपूर्ण मानिएको छ, जसले कठिन वर्षको अन्त्यतर्फ सङ्केत गरेको छ ।

गत हप्ता युरोपमा रहेका रुसी सम्पत्तिमा अनिश्चितकालीन रूपमा रोक लगाएपछि इयु नेताहरूले बिहीबार हुने शिखर सम्मेलनमा शक्ति र एकताको नयाँ परीक्षा सामना गरिरहेका छन्। युक्रेन गम्भीर आर्थिक सङ्कटमा परेकाले सम्भवतः नयाँ क्षतिपूर्ति ऋणको माध्यमबाट नेताहरूले आगामी दुई वर्षका लागि किएभको आर्थिक तथा सैन्य आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

images
images

डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भने, ‘यो युरोप र युक्रेन दुवैका लागि सङ्कटको समय हो । युक्रेनी अर्थतन्त्रलाई सुरक्षित गर्नु मात्र होइन, ह्वाइट हाउससहित विश्व समुदायलाई युरोप एक बलियो भू–राजनीतिक खेलाडी हो भन्ने सन्देश दिन पनि यो निर्णय आवश्यक छ ।’ हाल डेनमार्कले युरोपेली सङ्घ (इयु) को घुमाउरो अध्यक्षता गरिरहेको छ ।

महादेशमा दशकौँयताकै ठूलो स्थलयुद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धम्की, युरोपको अति–दक्षिणपन्थीप्रति उहाँको समर्थन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकटताले युरोपेली नेताहरूलाई निरन्तर दबाबमा पारेको छ। सुरुआती चरणमा युरोपेली नेताहरूले चापलूसीपूर्ण प्रतिक्रिया दिए पनि पछिल्ला महिनाहरूमा त्यो क्रम घट्दै गएको देखिन्छ ।

जनवरीदेखि ट्रम्पले कहिले युक्रेन र कहिले रुसप्रति झुकाव देखाउँदै धारणा परिवर्तन गरेका छन् । उनले युरोपको आलोचना बारम्बार गर्दै आएका छन् र त्यो आलोचना अझ कडा बन्दै गएको छ। यद्यपि युरोपेली नेताहरूले युक्रेनका लागि सैन्य सहयोग बढाएका छन्, उनीहरू स्वीकार गर्छन् कि संयुक्त राज्य अमेरिका अपरिहार्य साझेदार हो र पुटिनसँग शान्ति वार्ता गर्न सक्ने एकमात्र पश्चिमी नेता ट्रम्प नै हुन्।

जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले चेतावनी दिँदै भने, ‘हामी अहिले निर्णायक मोडमा छौँ । अब पहिले जस्तो अवस्था छैन, फरक समय आएको छ र फरक प्रतिक्रियाहरू आवश्यक छन् ।’

ट्रम्प पुनः सत्तामा फर्किएको केही हप्तामै अमेरिकी प्रशासनले युरोपले अब आफ्नो सुरक्षा र युक्रेनको जिम्मेवारी आफैँ लिनुपर्ने सङ्केत दिएको थियो। उपराष्ट्रपति जेडी भान्सले जर्मनीमा अति–दक्षिणपन्थी नेतासँग भेट गर्दै युरोपमा अभिव्यक्ति स्वतन्त्रता कमजोर भएको र चुनावी हस्तक्षेप भएको आरोप लगाए । यिनै विचारहरू अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा समेत समेटिएका छन्, जहाँ इयुका आप्रवासन नीतिमाथि कडा आलोचना गरिएको छ ।

कार्नेगी युरोप थिङ्क ट्याङ्ककी जुडी डेम्प्सीले भनिन्, ‘युरोपसँग प्रतिक्रिया दिनुबाहेक अब अर्को विकल्प छैन। यो अमेरिकी प्रशासनले साझेदारहरूलाई कस्तो व्यवहार गर्छ भन्ने कुरा सबैले बुझिसकेका छन् ।’

गत महिना सार्वजनिक भएको ट्रम्प प्रशासनको युद्ध अन्त्यसम्बन्धी २८ बुँदे योजनाले युरोपलाई थप चिन्तित बनाएको छ। रुससँग मिलेर तयार गरिएको उक्त योजनामा क्रेमलिनका पुराना मागहरू समेटिएको भन्दै युक्रेन र उसका युरोपेली समर्थकहरूले अस्वीकार्य मानेका छन् । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भने ट्रम्पलाई युक्रेन युद्धका कारणहरू बुझ्ने एकमात्र पश्चिमी नेता भनेर प्रशंसा गरेका छन् ।

यसै वर्ष ट्रम्पले व्यापक भन्सार शुल्क घोषणा गर्दै आर्थिक आपतकाल घोषणा गरे । जुलाईमा अमेरिका र इयुबीच धेरै सामानमा १५ प्रतिशत भन्सार दर तय गर्ने सहमति भए पनि युरोपले यसलाई युक्रेनप्रतिको अमेरिकी समर्थन जोगाउने मूल्यका रूपमा स्वीकार गरेको देखिन्छ ।

व्यापार तनावका बाबजुद नाटोमा युरोपेली देशहरूले रक्षा खर्च कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५ प्रतिशत पु¥याउने ट्रम्पको मागमा सहमति जनाएका छन्। इयुले भने सन् २०३० सम्म बाह्य आक्रमणबाट आफूलाई जोगाउन सक्षम हुने लक्ष्य लिएको छ। अधिकारीहरूका अनुसार यदि युक्रेन पराजित भयो भने पुटिनले तीनदेखि पाँच वर्षभित्र युरोपका अन्य भागमा आक्रमणको आदेश दिन सक्नेछन् ।

यही पृष्ठभूमिमा बिहीबार हुने इयु शिखर सम्मेलन आगामी दुई वर्षका लागि युक्रेनको अर्थतन्त्र र सैन्य प्रयासलाई वित्तपोषण गर्ने विषयमा केन्द्रित छ। यो बैठक संयुक्त राज्य अमेरिकाबिनै अघि बढ्ने अर्को निर्णायक कदमका रूपमा हेरिएको छ। बैठकका अध्यक्ष, इयु काउन्सिलका एन्टोनियो कोस्टाले सहमति नभएसम्म नेताहरूलाई ब्रसेल्समै केही दिन राख्ने सङ्केतसमेत गरेका छन् । एपी

images
images

प्रतिक्रिया दिनुहोस्