Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौं : मन्त्री खरेल

नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौं : मन्त्री खरेल
विज्ञापन
Advertisement

पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका भइरहेको बताए । । द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा आज ललितपुरमा भएको ‘स्टार्टअप समिट २०२५’ मा उनले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिए

विज्ञापन
Advertisement
Advertisement

मन्त्री खरेलले भने ,‘सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासँगै अगाडि बढ्नुपर्छ । नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग मिलेर काम गर्न चाहानुहुन्छ भने प्रस्ताव लिएर आउनुस्, सहकार्यमा काम गरौँ, अवसरको सिर्जना गर्न हामी तत्पर छौँ ।’

मन्त्री खरेलले सूचना प्रविधि, एआई र डिजिटल मार्गमा अगाडि बढ्न युवाको आवश्यकता नीतिगत रूपमै समेट्ने व्यवस्था गरिने धारणा राखे ।

‘राज्यले जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरिसकेको छ । देशका जेनजेमा पनि राजनीतिक चेतना धेरै विकास भइसकेको छ, तसर्थ हामी परिवर्तन गर्न सक्छौँ । युवाको चाहनालाई नीतिगत रूपमै सम्बोधन गर्दै अगाडि बढ्छौँ,’ उनले भने।

मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताए। आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन उनको आग्रह थियो ।

नेपालका लागि भारतीय पूर्वराजदूत एवम् इन्डिया नेपाल सेन्टरका अध्यक्ष मञ्जीवसिंह पुरीले प्रविधिले संसारलाई परिवर्तन गरिरहेको बताउँदै परिवर्तित समय अनुकूल काम गर्नका लागि युवा दिमागलाई सही सदुपयोग गर्नुपर्ने बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्टार्टअप मात्रै नभएर साना व्यवसाय पनि भविष्यको बलियो आर्थिक हिस्सा बनिरहेको बताए । उनले स–साना व्यवसाय र स्टार्टअपले देशमा रोजगारी सिर्जना गर्दै सार्वजनिक अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit