काठमाडौं। सरकारले श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ‘रिमोट वर्क’ अर्थतन्त्रमा रुपान्तरण गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान र सेवामा आधारित बनाउने सरकारले नीति लिएको जानकारी गराएका हुन् ।
राष्ट्रपति पौडेलले भने, ‘श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रुपान्तरण गरिनेछ ।’
यस्तै, सरकारले अन्तराष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइने समेत उनले बताए ।















प्रतिक्रिया दिनुहोस्