Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

प्यारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो ‘एमजी एस–६ ट्रफी लङ रेञ्ज’, मूल्य कति ?

प्यारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो ‘एमजी एस–६ ट्रफी लङ रेञ्ज’, मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि मोरिस ग्यारेज (एमजी) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले प्रिमियम इलेक्ट्रिक एसयूभी ‘एमजी एस–६ ट्रफी लङ रेञ्ज’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच MG SMIL काप्रतिनिधि मुहम्मद कासिम जहूरको उपस्थितिमा यो नयाँ मोडल सार्वजनिक गरिएको हो। अत्याधुनिक ईभी प्रविधि, उत्कृष्ट ड्राइभिङ अनुभव र स्मार्ट कनेक्टिभिटीलाई ध्यानमा राख्दै यो गाडी नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

यो गाडीले नेपालको बढ्दो इलेक्ट्रिक सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। यसका प्रमुख प्राविधिक विशेषताहरु निम्न छन्:

मोटर र पावर : यसमा १८० किलोवाटको शक्तिशाली मोटर प्रयोग गरिएको छ जसले उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्दछ।

ब्याट्री र रेञ्ज: गाडीमा ७७ पध्ज को ब्याट्री प्याक रहेको छ। WLTP मापदण्डअनुसार यसले एक पटकको फुल चार्जमा ५३० किलोमिटर सम्मको रेञ्ज दिन्छ।

ग्राउण्ड क्लियरेन्स: नेपालका विभिन्न सडकलाई सुहाउँदो १९५ mm को ग्राउण्ड क्लियरेन्स यसमा उपलब्ध छ।

ड्राइभिङ प्रविधिस् यसमा रियर व्हील ड्राइभ प्रविधि र रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणाली रहेको छ, जसले यात्रालाई थप आरामदायी र स्थिर बनाउँछ।

कम्पनीले सार्वजनिक गाडीको सुरुवाती मूल्य ६९ लाख ९९ हजार तोकिएको छ ।

मोटर वारेन्टी ५ वर्ष रहेको गाडीको भित्री र बाहिरी डिजाइनलाई निकै आकर्षक बनाइएको कम्पनीले जनाएको छ। यसमा स्मार्ट कनेक्टिभिटी, आधुनिक इन्फोटेनमेन्ट सिस्टम र सुरक्षाका लागि विभिन्न स्मार्ट फिचरहरू समावेश छन्।

ग्राहकहरूले देशभरका एमजी शोरुमहरूमा पुगेर यो नयाँ गाडीको प्रत्यक्ष अनुभव लिनुका साथै टेस्ट ड्राइभ समेत गर्न सक्ने प्यारामाउन्ट मोटर्सले जनाएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit