Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजार पहुँच नहुँदा किसानको दूध घरमै

बजार पहुँच नहुँदा किसानको दूध घरमै
विज्ञापन
Advertisement

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।

विज्ञापन
Advertisement
Advertisement

सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पु¥याउन कठिनाइ रहेको किसानको गुनासो छ ।

भोजपुर बजार क्षेत्रमा रहेका तीन वटा डेरी उद्योगले सदरमुकाम आसपासका क्षेत्रबाट मात्र दूध सङ्कलन तथा बिक्री गर्दै आएका छन् । बजारको क्षमता सीमित भएकाले गाउँघरका किसानसँग भएको दूध ल्याउन नसकिएको डेरी व्यवसायीको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय कृषक अडिबहादुर विष्टका अनुसार गाउँघरमा उत्पादन हुने दूध बिक्रीको वातावरण नहुँदा मही पारेर खानुपर्ने अवस्था छ ।

‘विगत लामो समयदेखि पशुपालन गर्दै आएको छु । मेरोमा दैनिक आठदेखि १० लिटर दूध उत्पादन हुन्छ, तर बजार नहुँदा मही पारेर नै खपत गर्नुपरेको छ’, उनले भने ,‘यहाँ उत्पादन भएको दूधलाई बाह्य बजारसम्म लैजाने व्यवस्था भएमा मजस्ता स्थानीय किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ ।’

केही किसानहरूले व्यावसायिक उद्देश्यका साथ पशुपालन गर्दै आए पनि लगानी र मेहनतअनुसारको आम्दानी लिन नसकेको गुनासो पनि छ । सदरमुकाम आसपासका बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गे, श्यामशिलालगायत क्षेत्रका स्थानीय बासिन्दाले मात्र दूध बिक्री गर्दै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit