Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

तराईमा चिसोका कारण एक सातादेखि कष्टकर बन्दै जनजीवन

तराईमा चिसोका कारण एक सातादेखि कष्टकर बन्दै जनजीवन
विज्ञापन
Advertisement

महोत्तरी । पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर, चिसो कठ्याग्रिङ्दो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि मौसम प्रतिकूल हुँदा सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी तथा बाली सबै प्रभावित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

निरन्तरको बढ्दो जाडोका कारण यो वर्ष कुनै मानवीय क्षति नभए पनि जिल्लाको मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व दक्षिणवर्ती विभिन्न गाउँबस्तीका सर्वसाधारणको दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । चिसोका कारण मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा विकास साहले बताए । उनका अनुसार अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म बिराम आउने गरेका छन् ।

बारी तथा खेतमा लगाइएको हिउँदेबाली, दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेका किसानले बताएका छन्। चिसोका कारण जिल्ला सदरमुकाम जलेश्वरसहित सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ। यसैबीच, जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन्। जिल्लाका निजी क्लिनिक, स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा चिसोका बिरामीको सङ्ख्या वृद्धि भएको प्रादेशिक अस्पतालका प्रमुख डा साहले बताए । बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यस्थापन समितिले जिल्लाका १५ वटै पालिकालाई आइपर्ने विपद्सँग जुध्नका लागि तयार भएर बस्न निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्ला वन कार्यालयसँग समन्वय गरी सबै पालिकामा उचित दररेटमा दाउरा उपलब्ध गराउन पहल गर्नुका साथै सबै पालिका प्रमुखसँग जनताको जीउज्यान रक्षाका लागि चोकचोक र गाउँगाउँमा दाउरा बाल्न आग्रह गरहेका हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका नागरिकलाई चिसो बढिरहेकाले आवश्यक नपरेको खण्डमा घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरेको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit