Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कामना सेवा विकास बैंकका ग्राहकलाई चितवनको अशोका रिसोर्टमा १० प्रतिशत छुट सुविधा

कामना सेवा विकास बैंकका ग्राहकलाई चितवनको अशोका रिसोर्टमा १० प्रतिशत छुट सुविधा
विज्ञापन
Advertisement

चितवन । कामना सेवा विकास बैंक र चितवनको भरतपुरस्थित अशोका रिसोर्ट प्रा.लि. तथा होटल अशोका बीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ। बैंकका ग्राहक र कर्मचारीहरूलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यो सम्झौता गरिएको जनाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीहरूले रिसोर्टको (अकोमोडेसन) कोठा, खाना र पेय पदार्थमा १० प्रतिशत विशेष छुट पाउनेछन्। यो सुविधा लिनका लागि ग्राहकहरूले बैंकसँगको आबद्धता खुल्ने प्रमाण (डेबिट कार्ड वा मोबाइल बैंकिङ) पेश गर्नुपर्नेछ।

सम्झौता पत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि बैंकका क्षेत्रीय प्रमुख भण्डारीले बैंकका ग्राहकहरूलाई अतिरिक्त सुविधा दिने नीति अन्तर्गत यो सहकार्य गरिएको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit