Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बजेट अभावले बागलुङमा दुई सडकको काम रोकियो

बजेट अभावले बागलुङमा दुई सडकको काम रोकियो
विज्ञापन
Advertisement

बलेवा (बागलुङ) । बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ। बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको थियो। उक्त खण्ड निर्माण गरिरहेको ठेकेदारले समयमा भुक्तानी नपाएपछि काम अलपत्र थियो। डेढ वर्ष रोकिएर गत वर्ष निर्माण सम्पन्न भएको छ। सदरमुकाम बागलुङ बजारदेखि १० किमी खण्डमा काम गरेको निर्माण कम्पनीले भुक्तानी पाएर फर्किएको छ। वडा कार्यालयदेखिको खण्ड निर्माणका लागि राज्यले ठेक्कासमेत लगाउन सकेको छैन। बजेट अभावले भएका योजनासमेत फिर्ता गरेको सरकारले रणनीतिक सडक कहिले पूरा गर्ने भन्ने एकिन गरेको छैन।

त्यसैगरी, निर्वाचन क्षेत्र नं २ अन्तर्गतको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको पहिलो खण्डको ठेक्कासमेत पूरा हुनसकेको छैन। अहिले केही काम भएको देखिए पनि पूरा हुने/नहुनेमा स्थानीय विश्वस्त हुनसकेका छैनन् । यो सडकको म्याद थप भएपछि मात्र ठेकेदार कम्पनीले आठ किमी सडकखण्डमा काम थालेको छ । तोकिएको समयमा २५ प्रतिशतमात्र काम गरेको ठेकेदार कम्पनीले अहिले भने पाँच किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ । केही समयअघिदेखि नै काम थालेर ७० प्रतिशत भौतिक प्रगति गरेको वल्र्ड वाइडर पूर्ण संयुक्त निर्माण कम्पनीले जनाएको छ । कम्पनीले अप्ठ्यारोमा ढलान गरेको छभने सहज खण्डमा कालोपत्र गर्ने तयारी थालेको छ ।

यसअघि समयमा रकम भुक्तानी नपाउँदा ठेकेदारले काम छाडेर हिँडेका थिए । काम गरेको साढे तीन करोड भुक्तानी नपाएपछि ठेकेदारले अघिल्लो वर्ष काम छाडेपछि म्याद सकिएको थियो । म्याद थपसँगै रकम पाउने प्रतिबद्वतापछि काम सुरु भएको हो । इन्जिनियर सागर भण्डारीले आगामी वैशाखसम्म काम सक्ने योजना रहेको बताए । विसं २०७९ को भदौमा यो सडकको २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

यस्तै, कुश्मीसेरा–बरेङ जोड्ने रणनीतिक सडकमा पनि ठेकेदारले काम अलपत्र छाडेपछि स्थनीय चिन्तित बनेका थिए । उपभोक्ताले सङ्घर्ष समिति बनाएर मुख्यमन्त्रीलाई आग्रह गरेपछि बजेटको सुनिश्चितता भएको थियो । अहिले काम सुरु भएको यो सडकको नाम्दुकदेखि बरेङसम्म कालोपत्र भइसकेको छभने कुश्मीसेरादेखि राङखानीसम्म गर्ने तयारी भइरहेको छ । बजेट अभावले तमानखोलाको बोङगादोभान–सोलेडाँडा जोड्ने सडकमा काम हुनसकेको छैन । फाइल फोटो /रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit