काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार स्थानीय बजारमा सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ निर्धारण गरेको छ।
अघिल्लो कारोबार दिन एक तोला सुन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो । त्यसयता मूल्यमा गिरावट देखिए पनि यो साता भने सुनको मूल्य फेरि बढ्न थालेको छ । सोमबार मात्र प्रतितोला चार हजार ६ सय रूपैयाँले बढेको सुन आज पुनः ३१ सय रुपैयाँले वृद्धि भएको हो । दुई दिनमै सुनको भाउ प्रतितोला सात हजार सात सय रूपैयाँ महँगिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा त्यसको प्रभाव परिरहेको विश्लेषकहरुको धारणा छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्