Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा जनसंख्या भन्दा बढी छन् मोबाइल बैंकिङ प्रयोगकर्ता, फागुनसम्ममा क्युआर कोडमार्फत १ खर्ब २५ अर्बको कारोबार

नेपालमा जनसंख्या भन्दा बढी छन् मोबाइल बैंकिङ प्रयोगकर्ता, फागुनसम्ममा क्युआर कोडमार्फत १ खर्ब २५ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा वित्तीय पहुँच र डिजिटल बैंकिङको दायरा विस्तार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको सङ्ख्या ६ करोड २० लाख ६० हजार २ सय २२ पुगेको छ ।

देशको कुल जनसङ्ख्याको तुलनामा निक्षेप खाताको सङ्ख्या दोब्बरभन्दा बढी देखिनुले नागरिकमा बैंकिङ बानी र वित्तीय साक्षरता बढ्दै गएको सङ्केत गर्छ। यद्यपि, निक्षेप खाताको तुलनामा कर्जा (ऋण) खाताको सङ्ख्या भने न्यून छ । सर्वेक्षण अनुसार फागुन मसान्तसम्म कर्जा खाताको सङ्ख्या जम्मा २० लाख ४० हजार १ सय ४८ मात्र रहेको छ । यसले बचत गर्नेको तुलनामा बैंकबाट ऋण सुविधा लिने वास्तविक ऋणीहरूको सङ्ख्या कम रहेको र वित्तीय केन्द्रीकरण कायम रहेको देखाउँछ।

डिजिटल भुक्तानी र मोबाइल बैंकिङमा बढ्दो आकर्षण

पछिल्लो समय नेपालमा डिजिटल बैंकिङ प्रविधिको प्रयोग निकै बढेको आर्थिक सर्वेक्षणको तथ्याङ्कले पुष्टि गर्छ। फागुन मसान्तसम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको सङ्ख्या २ करोड ९४ लाख पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २३ लाख ७४ हजार पुगेको छ। २ करोड ९१ लाख ६४ हजार जनसंख्या रहेको देशमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख पुग्नुले डिजिटल बैंकिङ प्रविधिको प्रयोग निकै आक्रामक रूपमा बढेको देखिन्छ।

खासगरी ‘क्युआर कोड’ मा आधारित भुक्तानी प्रणालीमा नागरिकको निर्भरता अत्यधिक बढेको छ। तथ्याङ्क अनुसार २०८२ को फागुनसम्ममा क्युआर कोडमार्फत मात्रै १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ।

सर्वेक्षणले सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म बैंकिङ र डिजिटल भुक्तानीको प्रणाली बलियो बन्दै गएको देखाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit