काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करका दरहरूमा व्यापक हेरफेर र पुनरावलोकनको घोषणा गरेका छन्।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले उद्यम व्यवसायलाई राहत दिन र मध्यम वर्गको दायरा विस्तार गर्दै समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको संरचनामा ठूलो हेरफेर गरिएको बताए। ‘उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा व्यापक पुनरावलोकन गरेको छु,’बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले भने।
उनका अनुसार बजेटका मुख्य प्राथमिकतामा आयकरको सीमा वृद्धि, व्यक्तिगत आयकरमा कटौती, औद्योगिक कच्चा पदार्थमा भन्सार सहुलियतलगायत छन् । उनका अनुसार आयकरको सीमामा वृद्धि ःमध्यम वर्ग र करदातालाई राहत दिनका लागि आयकर छुटको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ। व्यक्तिगत आयकरको अधिकतम दरलाई कटौती गरी १० प्रतिशत विन्दुले घटाउने घोषणा गरिएको छ।
औद्योगिक कच्चा पदार्थमा भन्सार सहुलियत दिइएको छ। स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्न तयारी मालवस्तुको भन्दा कच्चा पदार्थको भन्सार महशुल कम्तीमा एक तह न्यून हुने व्यवस्था मिलाइएको छ। यस अन्तर्गत २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ। हाल कायम रहेको ११ तहको भन्सार दरको झन्झटिलो व्यवस्थालाई परिमार्जन गरी ७ तहमा सीमित गरिएको छ। ‘उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा व्यापक पुनरावलोकन गरेको छु । करको बोझ घटाउन आयकरको घुटको सीमा १० लाख रुपैयाँ पुर्याएको छु । व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाएको छु,उनले भने, ‘औद्योगीक कच्चा पदार्थको भन्सार महशुल तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह न्यून हुने गरी २ ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु । विद्यमान ११ तहको भन्सार दरलाई सात तहमा सिमित गरेको छु । हाल ३६० वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु । ’
व्यापार सहजीकरण र उपभोक्तालाई राहत दिने उद्देश्यले हाल ३६० वटा वस्तुहरूमा लाग्दै आएको अन्तशुल्क पूर्ण रूपमा खारेज गरिएको उनले बताए । अर्थमन्त्री वाग्लेले यसपटकको बजेटले परम्परागत कर प्रणालीमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने र नागरिकको करको बोझ कम गर्ने नीति लिएको स्पष्ट पारेका छन्।















प्रतिक्रिया दिनुहोस्