Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सोलु हाईड्रोपावरको आईपीओ आजदेखि निष्काशन

सोलु हाईड्रोपावरको आईपीओ आजदेखि निष्काशन
विज्ञापन
Advertisement

काठमाडौं। सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ। कम्पनीले आज दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले कुल शेयर मध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याएको छ। बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो शेयर’ प्रणालीबाट पनि दिन सकिने व्यवस्था गरिएको छ ।

छिटोमा माघ ४ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १४ गतेसम्म यो आईपीओ खुला रहने कम्पनीले जनाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ । यसअघि कम्पनीले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट प्रति शेयर १०० रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

सोही स्वीकृतिअनुसार पहिलो चरणमा गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल ४ करोड १० लाख कित्ता शेयर निष्कासन गरिसकेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit