Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, तीन दिनमै आठ हजार सात सय रुपैयाँले महँगियो सुन

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, तीन दिनमै आठ हजार सात सय रुपैयाँले महँगियो सुन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ । यो साता लगातार बढिरहेको सुनको मूल्य मंगलबार हालसम्मकै महँगो बनेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबरा दिन (सोमबार) पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँ पुगेर ऐतिहासिक उच्च मूल्यको रेकर्ड कायम भएको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार आठ सय रूपैयाँ महँगो हो। सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

लगातार बढिरहेको सुनको मूल्य यो साताको तीन कारोबार दिनमा मात्रै आठ हजार सात सय रुपैयाँले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन (आइतबार) २८ सय रुपैयाँले बढेको सुन, दोस्रो दिन (सोमबार) ४१ सय र तेस्रो कारोबार दिन आज (मंगलबार) १८ सय रुपैयाँले महँगिएको हो । निरन्तर बढिरहेको सुन गत पुस १३ गते प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँले बढी हो। यसअघि आइतबार तोलामा चार हजार नौ सय ९० रूपैयाँमा किनबेच भएको चाँदी महासंघले सोमबारका लागि पाँच हजार एक सय ९५ रूपैयाँ मूल्य निर्धारण गरेको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु (चाँदी) ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit