Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

काठमाडौं महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौं महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंमहानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार ८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज अस्पताल पुगेर उक्त खोप प्रदान गरेकी हुन् ।

विज्ञापन
Advertisement
Advertisement

खोप प्रदान गर्दै उनले भने ,‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ ।’ रेबिज जोखिमको कुरा भएको उल्लेख गर्दै उनले भने, ‘जनावरले टोकेपछि उपचारका लागि जाने सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिएपछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ ।’

खरिद प्रक्रियाका कारण खोप अभाव हुनसक्ने देखिएकाले महानगरपालिकासँग सहयोग मागेको अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले बताए। उनले भने , ‘अस्पतालमा दैनिक २०० जनाभन्दा बढी व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउनुहुन्छ । महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब नौ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।’

माग गरेपछिको सात दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको छ । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डा बाँस्तोलाको भनाइ थियो । अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकाले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit