Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सर्वोच्च अदालतद्वारा यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतद्वारा यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यातायात व्यवसायीहरूको नाममा अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ ।

केही दिनअघिदेखि सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन् गरेको भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

यद्यपी, गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली विरुद्ध यातायात व्यवसायीहरूले गरेका आन्दोलन मंगलबार नै फिर्ता लिइसकेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit