Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निगालो होटल लिमिटेडले आईपीयो ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

निगालो होटल लिमिटेडले आईपीयो ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं। निगालो होटल लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ ल्याउने प्रक्रिया अघि बढाउँदै कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नगरकोटस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्कने चार तारे होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजा कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ । सम्झौतापत्रमा निगालो होटलका तर्फबाट अध्यक्ष टिकाराज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी ले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेलको समेत उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवामार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । परियोजनामार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

करिब १ अर्ब रुपैयाँ लगानी रहेको यो होटल सञ्चालनको अन्तिम चरणमा रहेको बताइएको छ । यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइटसहित), तीनवटा बैंक्वेट हल, तीनवटा रेस्टुरेन्ट, बार, पौडी पोखरी, स्पा, जिम, ध्यान कक्ष, कफी शप, सङ्गीत क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधा रहनेछन् । साथै, भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि दीर्घकालीन रणनीतिमा समावेश गरिएको छ ।

कम्पनीका अध्यक्ष बरालका अनुसार आईपीओ निष्कासनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको छ ।

कम्पनीका संस्थापक तथा प्रवर्द्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ । होटल सञ्चालनतर्फ २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit