Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माविलाई शैक्षिक सामग्री प्रदान

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माविलाई शैक्षिक सामग्री प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले श्री जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक उपकरण हस्तान्तरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकले विद्यालयमा अभिभावक प्रतीक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयलाई आवश्यक सेतो पाटी उपलब्ध गराएको हो।

उक्त सामग्री बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारी ले शिक्षक–अभिभावक संघका अध्यक्ष पदम राज भट्टराई लाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा क्षेत्र प्रमुख भण्डारीले विद्यालयमा अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरू नियमित रूपमा आउने भएकाले उनीहरूका लागि व्यवस्थित, सम्मानजनक तथा सहज प्रतीक्षा स्थल निर्माणमा बैंकले सहयोग गरेको बताए।

सहयोगप्रति धन्यवाद व्यक्त गर्दै शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले उक्त सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit