Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

स्टार्टअप वल्र्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वल्र्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी
विज्ञापन
Advertisement

काठमाडौं। द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टर २०२६’ आयोजना गर्न रणनीतिक साझेदारी भएको छ। नेपालमा डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनको गति तीव्र बन्दै गइरहेका बेला युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने उद्देश्यसहित उक्त सम्झौता भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताअनुसार क्यान महासंघले उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’को भूमिका निर्वाह गर्नेछ। यस सहकार्यले नेपालको सूचना प्रविधि तथा डिजिटल उद्यमशीलताको आधारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन्।

दुवै संस्थाले यो सहकार्यलाई केवल एउटा प्रतिस्पर्धामा सीमित नराखी देशभर फैलिएका नवप्रवर्तनकारी सोच र स्टार्टअपहरूलाई पहिचान, प्रवर्द्धन तथा व्यावसायिक रूपमा स्थापित गर्ने अभियानका रूपमा अघि बढाउने बताएका छन्। यसअन्तर्गत नेपालका विभिन्न प्रदेशमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू सञ्चालन गरिनेछ। साथै, उद्यमीहरूलाई अनुभवी उद्योग नेतृत्वकर्ता, सफल व्यवसायी तथा प्राविधिक विज्ञहरूसँग जोडिने अवसर उपलब्ध गराइनेछ भने स्वदेशी तथा विदेशी लगानीकर्तासँग पहुँच विस्तार गर्न सहजीकरण गरिने जनाइएको छ।

द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेलले नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता प्रमुख आधार भएको उल्लेख गर्दै क्यान महासंघसँगको सहकार्यले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी तथा विश्वव्यापी अवसर प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्ने बताए। यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले क्यान महासंघ स्थापनाकालदेखि नै नेपालको सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रको विकासमा सक्रिय रहेको उल्लेख गर्दै द ब्रिटिश कलेजसँगको सहकार्यले नेपाली प्रविधि उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

पेगासस टेक भेन्चर्सद्वारा आयोजना हुने ‘स्टार्टअप वल्र्ड कप’ विश्वका सबैभन्दा प्रतिष्ठित स्टार्टअप प्रतिस्पर्धामध्ये एक मानिन्छ। यो प्रतियोगिता विश्वका ६० भन्दा बढी देशमा आयोजना हुँदै आएको छ।नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा आयोजना हुने ग्लोबल ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, विश्वभरका उत्कृष्ट स्टार्टअपहरूसँग प्रतिस्पर्धा गर्दै एक मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँभन्दा बढी) बराबरको पुरस्कार जित्ने अवसर सहभागीले प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार यस प्रतियोगिताले नेपालमा उद्यमशीलताको बलियो आधार निर्माण गर्न, नवप्रवर्तनलाई व्यावसायिक मोडलमा रूपान्तरण गर्न तथा प्रविधिमा आधारित स्टार्टअपमार्फत रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रको विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यसका साथै नेपाली प्रविधि, स्वदेशी सफ्टवेयर तथा युवा जनशक्तिको प्राविधिक क्षमता विश्व बजारमा प्रदर्शन गर्दै ‘ब्रान्ड नेपाल’को प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

आयोजकले ‘स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टर २०२६’ नेपाली उद्यमशीलताको इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गा बन्न सक्ने दाबी गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit