काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज उच्च विन्दुबाट तल झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो कारोबार दिन त्यति नै परिमाणको सुनको मोल २ लाख ७८ हजार रुपैयाँ तोकिएको थियो । तुलनात्मक रुपमा आज सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो । लगातार बढिरहेको सुनचाँदीको मूल्यले बुधबार उच्च मूल्यको रेकर्ड बनाएको थियो ।
पुस अन्तिम साताबाटै लगातार बढिरहेको सुनको मूल्य चौथो कारोबार दिनसम्म आइपुग्दा १० हजार दुई सय रुपैयाँले बढेको थियो । साताको पहिलो कारोबार दिन (आइतबार) २८ सय रुपैयाँले बढेको सुन, दोस्रो दिन (सोमबार) ४१ सय, तेस्रो कारोबार दिन (मंगलबार) १८ सय रुपैयाँ र चौथो कारोबार दिन (बुधबार) १५ सय रुपैयाँले महँगिएको थियो ।
यस्तै, बुधार हालसम्मकै उच्च विन्दुमा पुगेको चाँदीको मूल्य पनि आज घटेको छ ।अघिल्लो कारोबार दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको चाँदी आज प्रतितोला १७० रुपैयाँ घटेर ५ हजार ४८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्