Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

अमेरिका, बेलायत पठाइदिने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

अमेरिका, बेलायत पठाइदिने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ बस्ने ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१० का ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीको मालारानी गाउँपालिका–१ का ४६ वर्षीय चेतनारायण आचार्य रहेका छन् । साथै, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७ का ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौं महानगरपालिका–१७ की ४२ वर्षीया निलिमा श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकामध्ये सुनिताले युएई पठाउने भन्दै एक लाख ५० हजार, अभिशेषले माल्दिभ्स पठाउने भन्दै तीन लाख ४० हजार, चेतनारायणले बेलायत पठाउने भन्दै १३ लाख ६० हजार, रेशमले अमेरिका पठाउने भन्दै नौ लाख र निलिमाले पनि बेलायत पठाउने भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।’

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता आचार्यले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit