Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मधेशमा किशोर–किशोरी प्रजनन दर उच्च, घटाउन परिवार योजनामा जोड

मधेशमा किशोर–किशोरी प्रजनन दर उच्च, घटाउन परिवार योजनामा जोड
विज्ञापन
Advertisement

जनकपुर ।मधेश प्रदेशमा कूल प्रजनन दर तथा किशोर–किशोरी प्रजनन दर उच्च रहेकाले यसलाई घटाउन तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा किशोर–किशोरी प्रजनन दर प्रति हजारमा ७१ जना गर्भवती हुने गरेको भए पनि मधेश प्रदेशमा यो दर प्रति हजार ११७ पुगेको छ। त्यस्तै, नेपालको कूल प्रजनन दर २.१ प्रतिशत रहेको अवस्थामा मधेश प्रदेशमा भने यो २.७ प्रतिशत रहेको छ।

परिवार योजना, किशोर–किशोरी, यौन तथा प्रजनन स्वास्थ्य र प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी दुई दिने समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रममा सहभागी सरोकारवालाहरूले परिवार नियोजनका साधनहरूको प्रयोग बढाएर कूल तथा किशोर–किशोरी प्रजनन दर घटाउनुपर्ने आवश्यकता औंल्याएका हुन्।

मधेशमा परिवार योजना कार्यक्रमप्रति नकारात्मक बुझाइ र स्वास्थ्यसम्बन्धी जनचेतनाको अभावका कारण प्रजनन दर घटाउन नसकिएको सरोकारवालाहरूको भनाइ छ।

परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभागद्वारा आयोजना गरिएको उक्त कार्यक्रमको बुधबार समापन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले जनचेतनाको कमी नै प्रजनन दर उच्च रहनुको मुख्य कारण भएको बताए। उनले परिवार योजना, किशोर–किशोरी, यौन तथा प्रजनन स्वास्थ्यबारे व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले प्रजनन स्वास्थ्यसम्बन्धी रुग्णताका कारण मधेशका महिलाहरू अल्पआयुमै ज्यान गुमाउन बाध्य भइरहेको बताइन्। पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्ने समस्या, फिस्टुला तथा बाँझोपनजस्ता समस्याहरू न्यूनीकरण गर्न प्रजनन दर घटाउनुपर्ने उनको भनाइ थियो।

उनले संघीय सरकारले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई उपलब्ध गराएको बजेटमध्ये हालसम्म केवल ८३ प्रतिशत मात्र खर्च हुन सकेको जानकारी दिँदै यसमा संघ, प्रदेश र स्थानीय तीनै तहको सहकार्य आवश्यक रहेको बताइन्।

साथै, प्रदेश र स्थानीय तहले पनि यस्ता समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा व्यक्त गरिन्।

कार्यक्रममा शाखा प्रमुख पौडेलले मधेश प्रदेशमा परिवार योजना तथा प्रजनन स्वास्थ्यको वर्तमान अवस्था र प्रदेश केन्द्रित कार्यक्रमहरूको अवस्थाबारे प्रस्तुति दिएकी थिइन्। यस अवसरमा मधेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरूले आ–आफ्नो जिल्लाको अवस्थाबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादव, स्वास्थ्य निर्देशनालयकी सुनिता गुप्ता लगायत प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कर्मचारीहरूको सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit