Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

कृष्ण विश्वकर्मा मृत्यु प्रकरणः निष्पक्ष छानबिन नभएसम्म आन्दोलन जारी रहने चेतावनी

कृष्ण विश्वकर्मा मृत्यु प्रकरणः निष्पक्ष छानबिन नभएसम्म आन्दोलन जारी रहने चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–खुर्कोटस्थित प्रहरी चौकीभित्र कृष्ण विश्वकर्माको रहस्यमय मृत्यु प्रकरणलाई लिएर आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गरी घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

संयुक्त राजनीतिक दलीय संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले प्रहरीको प्रारम्भिक निष्कर्षप्रति अविश्वास व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने माग राखेका छन्। उनीहरूले घटनालाई गम्भीर र शंकास्पद भन्दै सत्यतथ्य सार्वजनिक गर्न दबाब दिएका छन्।

संघर्ष समिति संयोजक दलजित श्रीपालीले प्रहरी चौकीजस्तो सुरक्षित स्थानमै भएको मृत्युले गम्भीर प्रश्न उठाएको बताए। उनका अनुसार घटनास्थलको अवस्था, शौचालयको उचाइ, कपडाको स्थिति तथा प्रत्यक्ष अवलोकनले आत्महत्या नभई योजनाबद्ध हत्या भएको आशंका बलियो बनाएको छ।

उनले विभिन्न स्रोतबाट संकलित प्रमाण, प्रत्यक्षदर्शीको भनाइ र परिवारसँगको कुराकानीका आधारमा घटनामा अनियमितता देखिएको दाबी गर्दै प्रहरीकै संलग्नतामा छानबिन हुनु निष्पक्ष नहुने आरोप लगाए।

प्रदर्शनकारीहरूले हाल गठन गरिएको छानबिन समितिमाथि अविश्वास जनाउँदै संसदीय समिति गठन गरी गहिरो अनुसन्धान गर्नुपर्ने माग पनि गरेका छन्। साथै, पोस्टमार्टम प्रक्रियामा पारदर्शिता नभएको भन्दै परिवारको सहभागितामा विज्ञ चिकित्सकको टोलीबाट पुनः परीक्षण गर्नुपर्ने माग उठाएका छन्।

पोस्टमार्टम रिपोर्ट सार्वजनिक नभएकाले पीडित परिवारमा थप शंका र पीडा बढेको उनीहरूको भनाइ छ। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटको माग गर्दै यस्तो गम्भीर घटनामा सरकार सक्रिय हुनुपर्ने बताएका छन्।

उनीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit