Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सानिमा बैंकमा दुई दशक बढी उर्जाशील समय दिएका नवनियुक्त सीईओ आचार्यले सम्हाले कार्यभार

सानिमा बैंकमा दुई दशक बढी उर्जाशील समय दिएका नवनियुक्त सीईओ आचार्यले सम्हाले कार्यभार
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन् । आचार्यले आइतबार औपचारिक रूपमा पदभार ग्रहण्ण गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनलाई बैंक सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकले सीईओमा नियुक्त गरेको थियो । दुई दशक बढी समयदेखि आचार्यले सानिमा बैंकमा निरन्तर विशिष्ट योगदान पुर्याउँदै आएका छन् । आचार्य सीईओको पदभार ग्रहणअघि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । आचार्यले बैंकमा २१ वर्षको उर्जाशील सेवाकालमा दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्दै बैंकको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बैंकले जनाएको छ ।

अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका आचार्यको प्रमुख कार्य क्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित छ । आचार्य सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्ष समेत छन् ।

नवनियुक्त सीईओ आचार्यको विश्लेषणात्मक क्षमता, रणनीतिक भिजन र नेतृत्वमा सानिमा बैंकले थप सफलता हासिल गर्दै संस्थालाई उचाइमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit