काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको हो जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादली रहनेछ। बाँकी भूभागमा आंशिक बदलस्हित बादल लाग्नेछ। मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागको थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको हुने प्रक्षेपण विभागको छ ।
यसैगरी, विभागले राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ । बाँकी भूभागमा आंशिक बादली हुनेछ । राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र तराई क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको विभागले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्