काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एकैदिन चार हजार रुपैयाँले बढेको हो ।
शुक्रबार सुन तोलामा चार हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
















प्रतिक्रिया दिनुहोस्