Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको‌ उपाधि भुवनलाई

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको‌ उपाधि भुवनलाई
विज्ञापन
Advertisement

बर्दिबास (महोत्तरी)। भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।‌

विज्ञापन
Advertisement
Advertisement

आज बर्दिबासस्थित पार -७२को मिथिला नगरी आर्मी गल्फ क्लबमा उनले २-अन्डर ७० को स्कोर गर्दा कुल ९-अन्डर २ सय ७ स्कोर खडा गरे।

भुवनले नेपाल नम्बर एक प्रो निरज तामाङसँगै टंक बहादुर कार्की र भुवन कुमार रोक्कालाई १० स्ट्रोकले हराउँदै करियरको १२ औं उपाधि जिते। ट्रफीसँगै उनले १ लाख ७० हजार रुपैयाँ हात पारे।

निरजले इभन-पार ७२ को स्कोर निकाल्दा टंक र भुवनले २-ओभर ७४ मा अन्तिम दिनको खेल सकाए। यो सँगै समग्रमा १-ओभर २ सय १७ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थान बाँडे। उनीहरूले जनहि १ लाख २ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाए।

जयराम श्रेष्ठले २-अन्डर ७० र धन बहादुर थापाले १-अन्डर ७१ को सहित समग्रमा २-ओभर २ सय १८‌‌ को स्कोरमा, संयुक्त पाँचौँ स्थानमा प्रतियोगिता सकाए। दुवैले ६८ हजार रुपैयाँ प्राप्त गरे।

दिनेश प्रजापतिले इभन-पार ७२ खेल्दा ४-ओभर २ सय २० को स्कोरमा सातौँ स्थान प्राप्त गरे । उनले ५७ हजार रुपैयाँ पुरस्कार हात पारे। कुमार कामीले १-ओभर ७३ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोरसहित आठौँ स्थानमा रहँदै ५१ हजार रुपैयाँ प्राप्त गरे।

सुमन परियार र सञ्जय लामा ६-ओभर २ सय २२ स्कोरसहित संयुक्तरुपमा नवौँ स्थानमा रहे। दुवैले ४४ हजार रुपैयाँ पाए। यस्तै रवि खड्का र बलभद्र राईले समग्रमा २ सय २५ स्कोरसहित ११औँ स्थान बाँडे। उनीहरूले समान ३६ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

एमेच्योरतर्फ सुन्दर राईले उपाधि जिते। उनले आज इभन -पार ७२ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोरसहित प्रकृत तामाङलाई १६ स्ट्रोकले माथ दिए। २१-ओभर २ सय ३७ स्कोर सहित प्रकृत तामाङ दोस्रो भए।

विजेता भुवनले फ्रन्ट नाइन १(अन्डर ३५ खेले। तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले चौथो होलमा एक सट खेर फाले। यसपछि ११औँ, १५औँ र १६औँ होलमा बर्डीको‌ सफलता प्राप्त गर्दा १३औँ र १४औँ होलमा बोगी खेप्दै ब्याक नाइन पनि १-अन्डर ३५ खेले।‌ उनले पहिलो दिन ५-अन्डर ६७ को कोर्स रेकर्ड बनाएका थिए भने दोस्रो दिन २-अन्डर ७० खेलेका थिए।

निरजले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३६ खेले। उनले आठौं र १६औं होलमा बर्डी र पाँचौं र १३औं होलमा बोगी खेप्दा बाकी १४ वटा होलमा पार बचाए।

टंकले भने फ्रन्ट र ब्याक नाइन दुवै १-ओभर ३७ मा सकाए।‌दोस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं र आठौ होलमा बोगीको समान गरे। यसपछि ब्याक नाइनमा १४ औं होलमा एक सट खेर फाले।

भुवन कुमार रोक्काले भने पाँचौं होलको बोगीका विरूद्ध आठौं होलको बर्डीले इभन-पार ३६ खेले। यसपछि १०औं होलामा बर्डी प्रहार गरेका उनले ११औं, १४औं र १८औं होलामा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई मधेस प्रदेश प्रमुख मा। सुरेन्द्र लाभ कर्ण, मध्यपुर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जीसी, मधेस प्रदेश प्रमुख सचिव कमल भट्टराई र
सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसिले पुरस्कार वितरण गरे। सूर्य नेपाल प्रा।लि।को प्रायोजनमा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी कुल ३६ गल्फरको सहभागीता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit