images images images
images images images
images
images
images

पोखरामा सार्वजनिक भयो Royal Enfield Hunter 350, टेस्ट–राइड र बुकिङ सुरु

images

पोखरा-प्रिमियम मोटरसाइकल ब्रान्ड Royal Enfield ले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर Hunter 350 पोखरामा औपचारिक रूपमा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित आधिकारिक शोरुममार्फत टेस्ट–राइड तथा बुकिङ कार्यक्रम सुरु गरेको जनाएको छ।

images
images

कम्पनीका अनुसार विश्वका शहरी जीवनशैलीबाट प्रेरित डिजाइन, आकर्षक रङ विकल्प, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक्ससहितको BS VI Hunter 350 (2025 Edition) पोखराका शहरी सडकदेखि पहाडी मार्गसम्मका लागि उपयुक्त रहने विश्वास गरिएको छ।

मोटरसाइकलमा Slip Assist Clutch, १६० एमएम ग्राउण्ड क्लियरेन्स, Dual Channel ABS, LED हेडलैम्प, सुधारिएको सीट र Trip Navigator जस्ता फिचरहरू समावेश छन्। ३४९ सीसी क्षमताको J-series इन्जिनले दैनिक सवारीमा चुस्त र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ। सन् २०२२ यता विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेको बताइएको छ।

Royal Enfield का निर्देशक मेघराज पौडेलले पोखरा पर्यटन र एड्भेन्चरले भरिएको सहर भएकाले Hunter 350 यहाँका राइडरका लागि उपयुक्त मोडेल हुने बताए। उनले शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास व्यक्त गर्दै गण्डकी प्रदेशका ग्राहकसँग अझ नजिकिन पाउँदा कम्पनी उत्साहित रहेको उल्लेख गरे।

Hunter 350 को मूल्य Dual Tone भेरियन्टका लागि रु ४,९९,९०० र Single Tone भेरियन्टका लागि रु ४,९४,९०० तोकिएको छ। पोखरास्थित Royal Enfield शोरुममा टेस्ट–राइड तथा तत्काल डेलिभरी सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Royal Enfield बारे
सन् १९०१ देखि उत्पादनमा रहेको Royal Enfield संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। ‘Pure Motorcycling’ दर्शनका साथ मध्यम क्षमताका प्रिमियम मोटरसाइकल उत्पादन गर्दै आएको कम्पनीका Hunter 350, Classic 350, Meteor 350, Himalayan 450 र Interceptor 650 जस्ता मोडेलहरू बजारमा लोकप्रिय छन्। Eicher Motors Ltd. अन्तर्गत सञ्चालन हुने ब्रान्डले भारतभर २,००० भन्दा बढी स्टोर र विश्वका ६५ भन्दा बढी देशमा सेवा विस्तार गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्