Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा सार्वजनिक, कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ प्रवेश

नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा सार्वजनिक, कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ प्रवेश
विज्ञापन
Advertisement

काठमाडौं। स्कोडा नेपालले बहुप्रतीक्षित कम्प्याक्ट एसयुभी स्कोडा कायलाकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रममा कम्पनीको नेतृत्व, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लू एक्सपान्ज प्रालिका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा बोल्दै उनीहरूले नेपालको विविध सडक अवस्थालाई ध्यानमा राखेर कायलाक डिजाइन गरिएको उल्लेख गर्दै यसलाई सहर, हाइवे तथा पहाडी सडकका लागि उपयुक्त एसयुभीका रूपमा प्रस्तुत गरे।

कम्प्याक्ट आकारको भए पनि दमदार रोड प्रेजेन्स र स्मूथ ड्राइभिङ अनुभव दिने लक्ष्यसहित तयार गरिएको कायलाक ११५ एचपी पावर र १७८ एनएम टर्क उत्पादन गर्ने टर्बोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ। कम्पनीका अनुसार यसले सहज ओभरटेक, उकालोमा मजबुत चढाइ तथा ग्राभेल वा अनिश्चित सडक सतहमा समेत सन्तुलित प्रदर्शन प्रदान गर्छ।

नेरु ४५ लाख ९० हजारदेखि उपलब्ध कायलाकको अटोमेटिक भेरियन्ट नेरु ५२ लाख ९० हजारदेखि सुरु हुने कम्पनीले जनाएको छ। अटोमेटिक संस्करण विशेषगरी ट्राफिक र उकालोमा स्मूथ तथा तनावमुक्त ड्राइभिङ अनुभव दिने दाबी गरिएको छ।

सुरक्षाको दृष्टिले स्कोडाको फाइभ–स्टार इन्जिनियरिङमा आधारित कायलाकलाई विभिन्न चुनौतीपूर्ण भू–भागमा परीक्षण गरिएको कम्पनीको भनाइ छ। मनाङ, ढोरपाटन तथा तीनजुरे क्षेत्रजस्ता उच्च उचाइका स्थानमा परीक्षण गरिएको उल्लेख गर्दै कम्पनीले यसको वास्तविक सडक क्षमतालाई पुष्टि गरेको जनाएको छ।

भारतमा सार्वजनिक भएको पहिलो वर्षमै ५० हजारभन्दा बढी युनिट बिक्री भइसकेको कायलाकले विभिन्न अन्तर्राष्ट्रिय अटो अवार्डहरू समेत प्राप्त गरिसकेको कम्पनीको दाबी छ।

कार्यक्रममा बोल्दै विष्णु अग्रवालले भने, “स्कोडा कायलाक हरेक उकालोमा आत्मविश्वास र हरेक सडकमा नियन्त्रण प्रदान गर्ने गाडी हो, जसलाई नेपालको अनिश्चित सडक अवस्थालाई ध्यानमा राखेर इन्जिनियर गरिएको छ।” यस्तै, रौनक अग्रवालले प्रिमियम इन्जिनियरिङ, दमदार प्रदर्शन र किफायती मर्मतसम्भारमार्फत प्रयोगकर्तालाई तनावमुक्त स्वामित्व अनुभव दिने बताए।

स्कोडा नेपालको बारेमा
स्कोडा नेपालले नेपाली बजारमा युरोपियन डिजाइन, उन्नत प्रविधि र भरपर्दो प्रदर्शन भएका सवारीसाधन उपलब्ध गराउँदै आएको छ। देशभर विस्तार हुँदै गएको शोरुम तथा सर्भिस नेटवर्कमार्फत एमएडब्लू ग्रुपअन्तर्गत एमएडब्लू वृद्धिले स्कोडा ब्रान्डको बिक्री, मार्केटिङ र वितरण व्यवस्थापन गर्दै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit