Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निसान म्याग्नाइटको नयाँ भर्सन भित्रियो, यस्ता छन् गाडीमा विशेषता

निसान म्याग्नाइटको नयाँ भर्सन भित्रियो, यस्ता छन् गाडीमा विशेषता
विज्ञापन
Advertisement

काठमाडौं । यसयूभी जापानिज ब्रान्ड निसानले नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको नयाँ मोडल भित्र्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली अटो बजारमा निकै सफल बनेको निसान म्याग्नाइटको फेसलिफ्टलाई पुनः नयाँ संस्करणमा शुक्रबार नेपाल ल्याएको हो । तर, बजारमा यो गाडी कहिले सार्वजनिक गर्ने भन्ने विषयमा कम्पनीले आधिकारीक मिति भने तोकेको छैन ।
यद्यपि हाल यसको परीक्षण चलिरहेको र यही फेब्रुअरी महिना भित्रै लन्च गर्ने तयारीमा कम्पनी रहेको बताइएको छ ।
हाल नेपाली सडकमा २ हजारभन्दा धेरै निसान म्याग्नाइट गाडी संचालनमा छन्। निसान म्याग्नाइट अब झनै सुधारिएको फेसलिफ्ट भर्सनमा आइपुगेको कम्पनीले जनाएको छ ।
नयाँ मोडलमा गाडीको ग्रिल र क्रोम वरिपरि पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश छन् । गाडीमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल र फ्रन्ट फग ल्याम्प नयाँ डिजाइनको राखिएको छ । यसैगरी, इन्टेरियरमा पनि धेरै परिवर्तन गरिएको कम्पनीले उल्लेख गरेको छ। यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्ल्याक र ओरेन्ज रङको थिम छ । ड्यासबोर्डको लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि–फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न देखिन्छ।

यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश भएका गरिएको छ । साथै, सेफ्टीका लागि ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।
१ लिटर नेचुरल्ली एस्पिरटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प दिइएको छ । यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।


नेपाली बजारमा उपलब्ध हुने भेरिएन्ट र मूल्यका बारेमा भने कम्पनीले आधिकारीक धारणा पछि सार्वजनिक गर्ने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit