काठमाडौं । डेल्टा अटोकर्प प्रालिले दशैंको अवसरमा भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘दशैंको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाका स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै, नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद लाभ र पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्म एक्सचेन्ज लाभ पाउनेछन्।
त्यसैगरी, फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि शून्य प्रतिशत सर्भिस चार्जको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। योजनाबारे डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले दशैंमा दक्षिणा दिने परम्परालाई ग्राहकसँगको सम्बन्धसँग जोड्दै योजना ल्याइएको बताए।
उनका अनुसार ग्राहकले नगद, एक्सचेन्ज वा फाइनान्समध्ये आफ्नो आवश्यकता र सुविधाअनुसार विकल्प छनोट गर्न सक्नेछन्। ‘दशैंको दक्षिणा’ योजनामा भेस्पा तथा अप्रिलियाका विभिन्न मोडल समावेश छन्। ग्राहकले डेल्टा अटोकर्पको आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल, योजना तथा लागू हुने लाभबारे जानकारी लिन सक्नेछन्।
कम्पनीका अनुसार योजना दशैंको अवसरमा सीमित अवधिका लागि लागू हुनेछ।















प्रतिक्रिया दिनुहोस्