Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । ओप्पो नेपालले आफ्नो रेनो सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप स्मार्टफोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा उक्त स्मार्टफोन सार्वजनिक गर्दै प्रिमियम स्मार्टफोन खण्डमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ।

आधुनिक प्रविधि, आकर्षक डिजाइन र प्रयोगकर्ता–केन्द्रित विशेषतासहित प्रस्तुत गरिएको यो स्मार्टफोनमा ६।५९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ, जसले १२० हर्ज रिफ्रेस रेटसहित स्मूथ र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ।

क्वालकम स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्मद्वारा सञ्चालित यस उपकरणले दैनिक प्रयोगदेखि बहुकार्यसम्पादनसम्म स्थिर र प्रभावकारी कार्यक्षमता दिने कम्पनीको दाबी छ। ६५०० एमएएच ब्याट्री र ८० वाट सुपरभुक फास्ट चार्जिङ प्रविधिले लामो समयसम्म प्रयोग र छिटो चार्ज हुने सुविधा उपलब्ध गराउने बताइएको छ।

फोटोग्राफी क्षमतालाई प्राथमिकता दिँदै ओप्पो रेनो १५ फाइभ जी मा अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप राखिएको छ।

यसमा ५० मेगापिक्सेल टेलिफोटो र ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा समावेश छन्। अगाडीतर्फ ४ के भिडियो रेकर्डिङ सपोर्ट गर्ने ५० मेगापिक्सेल फ्रन्ट क्यामेराले सेल्फी तथा भिडियो सामग्री निर्माणलाई सहज बनाउने कम्पनीको भनाइ छ।

डिस्प्लेले १।०७ अर्ब रङ समर्थन गर्ने, १२०० निट्ससम्मको ब्राइटनेस दिने तथा गोरिल्ला ग्लास सेभेन आइ सुरक्षासहित आउने भएकाले मजबुती र स्पष्टता दुवै सुनिश्चित हुने बताइएको छ।

कलरओएस १६ मा आधारित यस स्मार्टफोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट, फेस अनलक, ५जी नेटवर्क, वाइफाइ सिक्स, ब्लुटुथ ५।४, इन्फ्रारेड रिमोट र डुअल नानो सिम जस्ता सुविधा उपलब्ध छन्।

सार्वजनिक कार्यक्रममा सञ्चारमाध्यम प्रतिनिधि, उद्योग साझेदार तथा प्रविधि क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले स्मार्टफोनका प्रमुख विशेषता, निर्माण गुणस्तर र समग्र प्रयोग अनुभव प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit