Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

रास्वपाको बाचापत्र : पुँजी बजारका नियामकिय निकायलाई पुर्नसंरचना गर्ने

रास्वपाको बाचापत्र : पुँजी बजारका नियामकिय निकायलाई पुर्नसंरचना गर्ने
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो घोषणापत्रमार्फत पुँजीबजार सुधारलाई प्राथमिकतामा राख्दै पारदर्शी, सुरक्षित र लगानीमैत्री बजार निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

घोषणापत्रअनुसार पुँजीबजारलाई सुदृढ बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली विकास तथा लगानीकर्ता संरक्षण संयन्त्र बलियो बनाइनेछ। धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी नेपाल धितोपत्र बोर्ड को संरचना पुनर्गठन गर्ने, पर्याप्त जनशक्ति व्यवस्थापन गर्ने तथा संस्थालाई आवश्यक स्वायत्तता प्रदान गर्ने योजना अघि सारिएको छ।

त्यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड को पुनःसंरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने तथा प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने घोषणा गरिएको छ।

पार्टीले पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न स्पष्ट कानूनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, शर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने जनाएको छ। नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसमेत राखिएको छ।

इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गरिने तथा आईपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण सुनिश्चित गरिने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit