Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब रुपैयाँ बचत हुन्छ : मन्त्री सिन्हा

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब रुपैयाँ बचत हुन्छ : मन्त्री सिन्हा
विज्ञापन
Advertisement

काठमाडौं। उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयन गर्दा देशमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने बताएका छन् । पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिसाउँदा देशमा वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घटाउन सकिने उनको भनाइ छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा इथानोल मिश्रण नीतिः अवसर चुनौती र कार्यान्वयन रणनीतिबारे आइतबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् । उनले वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घटाउन सक्ने हो भने ६ अर्ब रुपैयाँ बरबारको विदेशी मुद्राको बचत हुने दाबी गरे ।

‘पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिश्रणगर्दा वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घटाउन सकिने रहेछ। यसबाट ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको बचत हुन्छ,’ उनले भने, ‘यसले गर्दा नेपालमा कमाएको पैसा विदेश जानबाट बच्ने छ ।’

मन्त्री सिन्हाले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण सम्बन्धि आदेश २०८२ नेपाल सरकारले तयार पारेर स्वीकृत रिसकेको जानकारी दिए । पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्यले वातावरण र समग्र अर्थतन्त्रमा महत्वपुर्ण रहेकोले उल्लेख गर्दै मन्त्री सिन्हाले जैविक इन्धन सवारी साधनबाट हुने उत्सर्जनलाई घटाउने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit