Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एकैदिन सुन ५६ सय र चाँदी ३७५ रुपैयाँले बढ्यो, दुवै धातुको कारोबार मूल्य कति ?

एकैदिन सुन ५६ सय र चाँदी ३७५ रुपैयाँले बढ्यो, दुवै धातुको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) स्थिर रहेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आज प्रतितोला पाँच हजार ६ सय ले बढेर पुनः तीन लाख १० हजार रूपैयाँ नाघेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँ पुगेको हो। शुक्रबार एक तोला सुन तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ३७५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit