Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

फुड कम्पनीमा चिनियाँ र नेपाली कामदारबीच झडप, सात घाइते

फुड कम्पनीमा चिनियाँ र नेपाली कामदारबीच झडप, सात घाइते
विज्ञापन
Advertisement

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन्। झडपमा जिल्लाकै मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ। उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

उनका अनुसार हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरु ३८ वर्षीय नागरिक मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् । उनीहरूको कान, टाउको, हात, छाति, मुखमा चोट लागेको र हाल मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरु भएको थियो। सिन्धुली प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit