Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

बच्चाबच्चीले पनि प्रधानमन्त्री बन्छु भन्छ, तर घोषणा गर्दैमा बन्दैन : अध्यक्ष ओली

बच्चाबच्चीले पनि प्रधानमन्त्री बन्छु भन्छ, तर घोषणा गर्दैमा बन्दैन : अध्यक्ष ओली
विज्ञापन
Advertisement

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले सरकार छाड्नासाथ देशमा कुनै काम नहुने जिकिर गरे । आफ्नो नेतृत्वको सरकारले व्यापक काम गरेको देखेर विरोधीहरू थर्कमान हुने ओलीको भनाइ थियो ।

‘म सरकारमा हुँदा काम व्यापक भएको देखेर विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छि अनि काम अगाडी बढ्छ ।’

यस्तै उनले आफूलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडिजस्तो हुने चर्चा गरे । उनले थप भने, ‘मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडिजस्तो हुन्छ देश। म सरकारमा आउनेबित्तिकै फेरि देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ। यही हुने गर्या छ।’

यस्तै, उनले कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको भन्दै टिप्पणी पनि गरे । ओलीले आफ्नो क्षेत्रमा प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने, ‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमि के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ,’ ओलीले अगाडि भने, ‘बच्चाले आफूलाई घोषणा गर्दिन्छ, तर उ भइहाल्ने त होइन नि । त्यस्तै मान्छेहरुलाई ख्याल ख्यालजस्तो लाग्यो। भनिदिए। हामी त संमृद्ध नेपाल र सुशी नेपाली बनाइ छाड्ने उद्देश्यका साथ काम गरिराखेका छौं ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit