Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एशियन लाईफ इन्स्योरेन्सको १८ औँ साधारण सभाबाट १० प्रतिशत लाभांश प्रस्ताव पारित

एशियन लाईफ इन्स्योरेन्सको १८ औँ साधारण सभाबाट १० प्रतिशत लाभांश प्रस्ताव पारित
विज्ञापन
Advertisement

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बाराको सिमरास्थित एक होटलमा सोमबार सम्पन्न वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित नाफाबाट कम्पनीको चुक्ता पुँजीको १०.५२६३ प्रतिशत (५ प्रतिशत बोनश शेयर समेत) लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । आव. २०८१/०८२ का लागि चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २५ करोड ५७ हजार ९६० रुपैँया रकम बराबरको बोनस शेयर र ५.५२६३ प्रतिशत (लाभांशमा लाग्ने कर समेत) ले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८२५ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।

यसैगरी आर्थिक वर्ष.२०८१/८२ (एनएफआरएस बमोजिम) आषाढ मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुुसूचिहरु माथि छलफल सहित पारित भएको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit