Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

अदालतको आदेश अवज्ञा गर्दै ज्यान मार्ने धम्की दिएको प्रति जिल्ला होटल व्यवसायी संघको कडा आपत्ति

अदालतको आदेश अवज्ञा गर्दै ज्यान मार्ने धम्की दिएको प्रति जिल्ला होटल व्यवसायी संघको कडा आपत्ति
विज्ञापन
Advertisement

 काठमाडाैं । उच्च अदालतको आदेश अवज्ञा गर्दै ज्यान मार्ने धम्की दिएकोप्रति जिल्ला होटल व्यवसायी संघले कडा आपती जनाएको छ । कलंकी क्षेत्रस्थित होटल व्यवसायसँग सम्बन्धित एक विवादमा अदालतको फैसला कार्यान्वयन भइसकेको अवस्थामा पुनः ज्यान मार्ने धम्की दिइएको घटनाप्रति जिल्ला होटल व्यवसायी संघ, काठमाडौंले बिहीबार एक विज्ञप्ति जारी गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

संघका अनुसार, कलंकी होटल तथा गेष्ट हाउस एशोसिएसनका व्यवसायी सदस्य तथा ए बान नारायणी गेष्ट हाउसका सञ्चालक अजित कुमार कुसुवार र घरधनीबीच उत्पन्न विवाद सम्मानित उच्च अदालत पाटनबाट निरुपण भई व्यवसायी कुसुवारको पक्षमा फैसला भएको भएको र अदालतले सम्झौता अवधिभर व्यवसाय सञ्चालनमा कुनै अवरोध नगर्न स्पष्ट निर्देशनसमेत दिएको थियो ।

उक्त आदेश कार्यान्वयनका क्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा होटल व्यवसायी महासंघ नेपालका प्रतिनिधिको रोहवरमा व्यवसाय पुनः सञ्चालनको वातावरण तयार गरिएको संघले जनाएको छ। तर, अदालतबाट निरुपण भइसकेको विषयलाई वेवास्ता गर्दै घरधनीले सार्वजनिक स्थलमै ज्यान मार्ने धम्की दिएको आरोप छ।

यस घटनाप्रति जिल्ला होटल व्यवसायी संघ, काठमाडौंले घोर निन्दा तथा भर्त्सना गरेको छ। संघले अदालतको आदेशको अवज्ञा गर्दै व्यवसायिक सुरक्षालाई वेवास्ता गर्ने र पहुँच तथा शक्तिको आधारमा व्यवसायीलाई धाकधम्की दिने कार्य तुरुन्त बन्द गरिनुपर्ने चेतावनी दिएको छ।

संघले यस्ता गतिविधि निरन्तर रहे समग्र होटल व्यवसायी समुदाय आन्दोलित हुन बाध्य हुने र त्यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने समेत जनाएको छ।

यस सन्दर्भमा संघले प्रहरी प्रशासन र स्थानीय निकायसमक्ष पाँच बुँदे माग अघि सारेको छ। मागहरूमा ज्यान मार्ने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही सुनिश्चित गर्नुपर्ने, अध्यक्ष रमेश कुमार बराल, व्यवसायी अजित कुमार कुसुवार तथा परिवारको सुरक्षा सुनिश्चित गरिनुपर्ने, अदालतको आदेश पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने र व्यवसायिक वातावरण सुरक्षित बनाउन स्थानीय निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ।

जिल्ला होटल व्यवसायी संघ, काठमाडौंले आफूहरू सदैव कानुनको शासन, व्यवसायिक सुरक्षा र सामाजिक सद्भावका पक्षमा दृढ रहेको स्पष्ट पार्दै यस्ता गैरकानुनी गतिविधिविरुद्ध एकजुट भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit