Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एक अर्ब लगानीमा आईजिआई प्रुडेन्सियलको १२ तले भवन सञ्चालनमा

एक अर्ब लगानीमा आईजिआई प्रुडेन्सियलको १२ तले भवन सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नवनिर्मित भवन सञ्चालनमा आएको छ । कम्पनी अध्यक्ष हेकराज ढकालले आज भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै काठमाडौंको पानीपोखरीमा झण्डै १ अर्ब रुपैयाँ लगानीमा भवन निर्माण सम्पन भएको जानकारी दिए । १२ तले उक्त भवन करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अध्यक्ष ढकालले कम्पनीको आफ्नै भवन निर्माण हुनुले संस्थागत पहिचान मजबुत बनेको अनुभूति भएको बताए । ‘ यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ, आइजीआईको बिल्डिङ चाँही १२ तलाको हो । यसको लागि झण्डै १ अर्ब जति खर्च भएको छ । कम्पनी र व्यक्तिको हिसावले हेर्दाखेरी कम्पनीको आफ्नै भवन बनाउन पाउँदा आभारी समेत छौं ,’ उनले भने ।

अध्यक्ष ढकालले पछिल्लो समय नेपालको बीमा बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै बीमा क्षेत्र अहिले परिपक्व अवस्थामा पुगेको बताए । उनले स्वदेशमै सीमित नरही बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी, भवन उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि विस्तार भएमा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे। उनले व्यवसायले सेवा विस्तार, पूर्वाधार विकास तथा समग्र अर्थतन्त्र सुदृढ बनाउन योगदान पु¥याउने उल्लेख गरे ।

उनले भने, ‘व्यवसायीक एक्टिभिटीजहरु बढ्यो भने रोजगारी सिर्जना हुन्छ । त्यसले दिने सर्भिस, विकासका पूर्वाधारहरु र आभोरल अर्थतन्त्र बढाउन मद्दत पुर्याउँछ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि यसरी नै अगाडि बढ्नुपर्छ ।’

उनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि आगामी दिनमा व्यवसाय विस्तार गर्दै आर्थिक विकासमा थप योगदान दिनुपर्ने धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit