Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

३ करोडको लागूऔषध कारोबार गरेको आरोपित भारतीय नागरिककलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

३ करोडको लागूऔषध कारोबार गरेको आरोपित भारतीय नागरिककलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
विज्ञापन
Advertisement

सिरहा । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै भारतीय लागूऔषध कारोबारीलाई गोली प्रहार गरी पक्राउ गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा गरिएको कारबाहीमा भारतको बिहार राज्य मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा तथा लागूऔषध नियन्त्रण ब्युरो गोलबजार शाखाको संयुक्त टोली विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिन पुगेको थियो। पक्राउ गर्ने क्रममा पासवानसहितको समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर तथा एक राउन्ड गोली प्रहार गरेको जनाएको छ।

प्रहरीको गोली पासवानको पिँडुलामा लागेको छ। घटनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर पनि सामान्य घाइते भएका छन्। दुवै जनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

कारबाहीका क्रममा प्रहरीले भारतका एक नाबालकलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका पासवान सिरहा तथा आसपासका क्षेत्रमा लामो समयदेखि सक्रिय लागूऔषध कारोबारी हुन्। प्रारम्भिक अनुसन्धानबाट उनले हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको खुल्न आएको छ।

यस्तै, लागूऔषध कारोबारमा नाबालकलाई समेत प्रयोग गर्ने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। राहुल राय, नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit