Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

सात महिनामा ११ खर्ब २३ अर्बको आयात, १ खर्ब ६८ अर्बको निर्यात

सात महिनामा ११ खर्ब २३ अर्बको आयात, १ खर्ब ६८ अर्बको निर्यात
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो सात महिनामा नेपालले ११ खर्ब २३ अर्बभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ भने रु। १ खर्ब ६८ अर्ब बराबरको निर्यात गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात ३२।२ प्रतिशतले वृद्धि भई रु। १६८ अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारततर्फको निर्यात ४०.३ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.४ प्रतिशतले बढेको छ। तर चीनतर्फको निर्यात भने ५५.३ प्रतिशतले घटेको छ। वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायत वस्तुको निर्यात बढेको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामानको निर्यातमा कमी आएको छ।

यसैगरी, समीक्षा अवधिमा कुल वस्तु आयात १३।६ प्रतिशतले वृद्धि भई ११२३ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०।१ प्रतिशतले बढेको थियो।

मुलुकगत आधारमा भारतबाट हुने आयात ५.५ प्रतिशत, चीनबाट २२।३ प्रतिशत र अन्य मुलुकबाट २९.५ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स र सुनको आयात बढेको छ। तर हट रोल्ड सिट इन क्वाइल, खाने तेल, दाल, एमएस बिलेट, एमएस तार, छड, बार र क्वाइलको आयात घटेको छ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले वृद्धि भई ९५५ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले बढेको थियो।

यस अवधिमा निर्यात–आयात अनुपात १५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो।

त्यसैगरी, भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु। १०३ अर्ब ९२ करोड बराबरको वस्तु आयात भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात . १०३ अर्ब ९४ करोड बराबरको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit