Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

सुनको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, तोलाको कति ?

सुनको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। सोमबार तोलामा १४ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ४५ सय रूपैयाँले पुनः घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ७७ हजार नौ सय रूपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन (सोमबार) सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि सस्तिएको छ। सोमबार प्रतितोला चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको चार हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit