Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ जारी, भोलि र पर्सिसम्म चल्ने

भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ जारी, भोलि र पर्सिसम्म चल्ने
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सुरु भएको यो प्रदर्शनीको १०औँ संस्करण हो।

विज्ञापन
Advertisement
Advertisement

‘फार्मामा नवीनता : भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजित यस विहिबारबाट सुरु भएको हो । तीन दिनसम्म चल्ने यस एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेका छन्। आयोजकका अनुसार यस पटक प्रदर्शनीमा विदेशी कम्पनीहरूको बाहुल्यता रहेको छ। कूल स्टलमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको छ, जसले विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिरहेका छन्।

बाँकी १० प्रतिशत स्टलहरूमा भने स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनहरूलाई प्राथमिकताका साथ राखिएको छ।

नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास आम सर्वसाधारण र सरोकारवालामा दिलाउनु एक्स्पोको मुख्य लक्ष्य हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit