Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै

कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
विज्ञापन
Advertisement

सुर्खेत । माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णालीमा एक सय ६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ति परीक्षा केन्द्रहरुमा कर्णालीका ३८ हजार विद्यार्थी परीक्षा दिने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

एसईईका लागि सबै भन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट छ सय ७४ विद्यार्थी परीक्षमा सहभागी हुने शिक्षा बिकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमूख खिमप्रसाद ढकालले जानकारी दिए ।

एसईईका लागि सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

त्यस्तै जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।
चैत्र १९ गतेदेखि हुने एसईई परीक्षमा कर्णालीका ३२ हजार २५५ नियमित र छ हजार १२४ जनाले ग्रेडबृद्धि गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit