Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना 

रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना 
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाल ज्यानजी फ्रन्टले काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रवार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजकमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । भदौ २३ र २४ गतेको ज्यानजी आन्दोलनको छानबिन गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै ज्यानजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन् । त्यही प्रदर्शनको क्रममा रक्षा बमविरुद्ध आन्दोलनका घाइते अगुवाहरूले नाराबाजी गरेका थिए ।

फ्रन्टले भनेको छ, ‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ, नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ । संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यस प्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन ।’

फ्रन्टले आन्दोलनकारीमाथि दुर्व्यवहार गर्दा आन्दोलन थप कमजोर बनाउने बताएको छ । ‘यस आन्दोलनका सबै पात्रहरू घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू सबै एउटै यात्राका साझेदार हौँ। यो यात्रामा असहमति हुन सक्छ। प्रश्न उठ्न सक्छन्। पीडाले कहिलेकाहीँ आक्रोशको रूप लिन सक्छ । तर यी प्रश्नहरूको उत्तर एक अर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ,’ फ्रन्टले भनेको छ, ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गइरहेको छ । यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit